काठमाडौँ । पछिल्लो पाँच महिनाको अवधिमा नबिल बैंक मार्फत सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह भएको छ । उक्त अवधिमा बैंकबाट ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएको छ।
त्यस्तै, सेयर धितो कर्जा प्रवाह गर्ने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकबाट उक्त अवधिमा कुल ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ सेयर धितो कर्ता प्रवाह भएको छ।
पाच महिनाको अवधिमा सिद्धार्थ बैंकबाट ७ अर्ब ९० करोड १८ लाख रुपैयाँ, कुमारी बैंकबाट ६ अर्ब ८० करोड १६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ५ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ र सिटिजन्स बैंकबाट ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको उल्लेख छ ।
त्यसको साथै, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २० करोड १५ लाख रुपैयाँ, प्रभु बैंकले ४ अर्ब २ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले ३ अर्ब ८ करोड ५४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
मंसिर महिनासम्मको उक्त समयमा एनआईसी एशिया बैंकबाट २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट २ अर्ब ५३ करोड रुपैयाँ, सानिमा बैंकबाट २ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ, हिमालयन बैंकबाट १ अर्ब ८३ करोड रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ९३ करोड ९० लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको छ ।
साथै, एनएमबी बैंकले १ अर्ब ७१ करोड २१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९५ करोड १८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ४७ करोड ६५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।


































