National life

सेयर बजारमा गिरावट : ८ उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
736Shares
सेयर बजारमा गिरावट : ८ उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन आज सेयर बजारमा सामान्य गिरावट आएको छ । पछिल्लो समय नेप्से सूचक २६ सय विन्दुको आसपासमा अल्झिएको छ ।

बिहीबार पनि नेप्से सूचकमा १.७५ अंकको गिरावट देखिएको छ।

Royal Enfield
nic asia capital
यससँगै सूचक २५९८.४४ विन्दुमा बन्द भएको छ। आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

बजार घटेपनि आज विकास बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको शेयर मूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको शेयर मूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।

विगत केही दिनको तुलनामा कारोबार रकममा सामान्य वृद्धि देखिएको हो । विगत केही समयदेखि नेप्सेमा ठूलो उतारचढाव देखिएको छैन्। सूचक २६ सय विन्दुबाट उल्लेख्य मात्रामा तल माथि हुन सकेको छैन ।

आज ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक प्रतिशतले वृद्धि भएको छ । आज बैंकको शेयर मूल्य ९.१८ प्रतिशत अर्थात् १०९ रुपैयाँले बढेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ९ प्रतिशत र वरुण हाइड्रोपावरको ८.९३ प्रतिशत शेयर मूल्य वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?