National life

सेयर ब्रोकर लाइसेन्सको लागी थप १३ कम्पनीले पाए आशय पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ वैशाख २०८०, बिहिबार
1.8kShares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको छ । बोर्डले यसअिघ १६ वटा कम्पनीलाई र हिजो पुन थप १३ वटा कम्पनीलाई आश्य पत्र दिएको हो ।बोर्डले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो ।

बोर्डले सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

यस अघि गत बैशाख १८ गते १६ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि एलओआई प्रदान गरेको थियो । नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, मेघा स्टक मार्केट, हिमालयन ब्रोक्रेज कम्पनी, सिविआईएल सेक्युरिटिज, केविएल सेक्युरिटिज, एमएमबि सेक्युरिटिज, आरबिबि सेक्युरिटिज कम्पनी, सानिामा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटि, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसएस सेक्युरिटिजले ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्राप्त गरेका थिए ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । उक्त अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?