National life

सोपान फर्मास्युटिकल्सको आईपीओ खुला : प्राथमिकतामा वैदेशिक रोजगारीका नेपाली

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०९ चैत २०८२, सोमबार
1.1kShares
सोपान फर्मास्युटिकल्सको आईपीओ खुला : प्राथमिकतामा वैदेशिक रोजगारीका नेपाली
ncell

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन सुरु गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति प्राप्त गरेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ९० हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसअन्तर्गत पहिलो चरणमा ४ लाख २९ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

कम्पनीले जारी गर्ने कुल सेयरमध्ये २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि तथा १ लाख ७१ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि चैत ९ गतेदेखि चैत १२ गतेसम्म कायम रहनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?