National life

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख ४७ हजारले पाए सेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
713Shares
सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख ४७ हजारले पाए सेयर
ncell

काठमाडौं। सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड गरिएको छ। कम्पनीले गत वैशाख ३ देखि ८ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।

मागभन्दा धेरै आवेदन परेपछि आईपीओ बाँडफाँड गोलाप्रथा (लटरी) विधिबाट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो अवधिमा कुल २७ लाख ६८ हजार ७४३ आवेदन परेका थिए, जसमध्ये २७ लाख ३० हजार ९८७ आवेदन सदर भएको जानकारी दिइएको छ।

सदर आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदक भने सेयर नपाउने सूचीमा परेका छन्।

आईपीओ बाँडफाँडको नतिजा मेरो सेयर प्लेटफर्म तथा सीडीएस एण्ड क्लियरिङको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?