National life

सोल्टी होटलको लाभांश घोषणा,बोनश र नगत कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
639Shares
सोल्टी होटलको लाभांश घोषणा,बोनश र नगत कति ?
ncell

काठमाडौँ । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको ५१ औं सभा आगामी मंसिर २८ गते काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?