काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत सामाजिक सञ्जाल दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक निर्माण गरिरहेको बताएका छन् ।
विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरूसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको धारणा राख्दै मन्त्री गुरुङले सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्ने जानकारी गराउँदै विधेयक पास भएसँगै यस किसिमको समस्या समाधान हुने धारणा राखेका छन् ।
सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने उनको भनाई छ ।
मन्त्री गुरुङले भने, ‘सामाजिक सञ्जाल प्लेटफर्म अहिले पनि दर्तामा आएको छैन ।
साथै, उनले नेपालको कानुन नमान्नेहरूलाई सधैँ मान दिएर राख्न नसकिने भन्दै अब नियमनको प्रक्रिया अगाडि बढाइने समेत जानकारी गराएका छन् ।

































