National life

स्टार्टअप कर्जाका लागि यस वर्ष ६ सय ६१ जना उद्यमी छनोट, ३ % ब्याजदरमा कर्जा पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
1.2kShares
स्टार्टअप कर्जाका लागि यस वर्ष ६ सय ६१ जना उद्यमी छनोट, ३ % ब्याजदरमा कर्जा पाइने
ncell

काठमाडौँ । चालू आर्थिक वर्षमा ६ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना जारी गर्दै स्टार्टअप कर्जाका लागि ६ सय ६१ उद्यमीलाई सिफारिस गरेको हो।

यी उद्यमीले तीन प्रतिशत ब्याजदरमा यस्तो कर्जा पाउने भएका छन्।

कर्जाका लागि पाँच हजार एक सय ५८ उद्यमीले दर्ता गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमध्येबाट १ हजार तीन सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनोट भएका हुन् । कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

सिफारिस भएका उद्यमीहरूले सूचना जारी भएको ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुनेछ। प्रतिष्ठानले बिहीबारसम्म कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना प्रकाशन गर्ने भएको छ।कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।

व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान र भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०र८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिजरभाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?