National life

स्टार्टअप कर्जाको सीमा घट्यो,ब्याजदर यथावत

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
1.3kShares
स्टार्टअप कर्जाको सीमा घट्यो,ब्याजदर यथावत
ncell

काठमाडौँ । स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ मा संशोधन गर्दै सरकारले कर्जाको अधिकतम सीमा घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि संशोधन गर्दै कर्जाको अधिकतम सीमा घटाएको हो ।

संशोधित कार्यविधिअनुसार अबको चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले अधिकतम् २० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् । सरकारले यसअघि तीन प्रतिशत स्टार्टअप कर्जामा २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा दिँदै आएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम् सीमा २५ लाखबाट २० लाख कायम भएपनि ब्याजदर भने ३ प्रतिशत नै रहनेछ ।

उद्योग मन्त्रालयका अनुसार सरकारले बजेट नै घटाएकाले सीमा पनि घटाउनु परेको जनाएको छ । गतवर्ष स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि ७३ करोड मात्रै छुट्याइएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ कर्जा प्रदान गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?