काठमाडौँ । चालू आर्थिक वर्षमा ६ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना जारी गर्दै स्टार्टअप कर्जाका लागि ६ सय ६१ उद्यमीलाई सिफारिस गरेको हो।
कर्जाका लागि पाँच हजार एक सय ५८ उद्यमीले दर्ता गरेका थिए ।
सिफारिस भएका उद्यमीहरूले सूचना जारी भएको ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुनेछ। प्रतिष्ठानले बिहीबारसम्म कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना प्रकाशन गर्ने भएको छ।कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।
व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान र भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०र८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिजरभाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ ।

































