National life

स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव, व्यापारिक जहाजहरूमाथि आक्रमण

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०५ वैशाख २०८३, शनिबार
1.6kShares
स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव, व्यापारिक जहाजहरूमाथि आक्रमण
ncell

काठमाडौँ। पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव देखिएको छ ।

https://aarthikvoice.com/archives/88246

इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।

https://www.youtube.com/watch?v=jeSEyF_Vx1Y

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संयुक्त अधिराज्यको सामुद्रिक व्यापार सञ्चालनका अनुसार ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा रहेको हर्मुज जलसन्धिमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स का दुई वटा लडाकू डुङ्गा ९गनबोट० ले एउटा तेल ट्याङ्करमाथि अन्धाधुन्ध गोली प्रहार गरेका छन् । उक्त आक्रमणमा ट्याङ्कर र चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइए पनि क्षेत्रमा ठुलो त्रास फैलिएको छ ।

रोयटर्सका अनुसार कम्तीमा अन्य दुईवटा व्यापारिक जहाजहरूमाथि पनि स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा गोली प्रहार भएको खबर छ ।

https://www.youtube.com/watch?v=02Oo0JdDvac&t=13s

यसैबिच अमेरिकी सेन्ट्रल कमाण्डले गत अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दीलाई कडाइका साथ लागु गरिरहेको जनाएको छ ।

नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले हालसम्म २३ वटा व्यापारिक जहाजहरूलाई हर्मुज जलसन्धि नजिकैबाट बलपूर्वक फिर्ता गराएको छ । अमेरिकाले इरानमाथि दबाब बढाउन यो कदम चालेको दाबी गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?