National life

स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण गर्ने इरानको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०६ वैशाख २०८३, आइतबार
1.3kShares
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण गर्ने इरानको चेतावनी
ncell

काठमाडौं। विश्वको अत्यन्तै संवेदनशील इन्धन ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ फेरि तनावग्रस्त बनेको छ। इरानले उक्त जलमार्ग पुनः बन्द गरिएको घोषणा गर्दै अमेरिकाले लगाएको नाकाबन्दी नहटाएसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।

शनिबार इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले जारी गरेको वक्तव्यमा हर्मुज हुँदै गुज्रिने प्रयास गर्ने जहाजलाई लक्षित कारबाही गरिने उल्लेख गरिएको छ। साथै, फारसको खाडी र ओमान सागरबाट उक्त क्षेत्रतर्फ अघि बढ्ने जहाजलाई शत्रुसँगको सहकार्यका रूपमा लिने इरानको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि पाकिस्तानको पहलमा अमेरिका र इरानबीच भएको वार्तामा जलमार्ग खुला गर्ने समझदारी भएको बताइएको थियो। तर त्यसको केही समयमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी यथावत् रहने धारणा सार्वजनिक गरे। उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबी पनि गरेका थिए।

तर इरानले उक्त दाबी अस्वीकार गर्दै ट्रम्पले गलत सूचना दिएको प्रतिक्रिया दिएको थियो। साथै, उसले नाकाबन्दी हटाइनुपर्ने माग दोहोर्‍याएको छ।

वार्तापछि केही समयका लागि जलमार्ग सुरक्षित भन्दै खुला गरिएको भनिए पनि २४ घन्टा नबित्दै फेरि तनाव चुलिएको छ। सो सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको थियो।

इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले हर्मुज जलमार्ग आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकी नाकाबन्दीलाई अपरिपक्व निर्णय बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?