National life

स्थायी बसोबासको मागसहित राजधानीमा सुकुमबासी प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.8kShares
स्थायी बसोबासको मागसहित राजधानीमा सुकुमबासी प्रदर्शन
ncell

काठमाडौं । भूमिहीन तथा सुकुमबासी समुदायका अधिकारका पक्षमा आवाज उठाउँदै अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले राजधानीमा खबरदारी कार्यक्रम गरेका छन्। उनीहरूले माइतीघर मण्डलामा भेला भएर विभिन्न मागसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले देशका विभिन्न स्थानमा सुकुमबासी बस्तीहरूमा विकल्पबिना डोजर चलाइँदै विस्थापन गरिएको भन्दै आपत्ति जनाएका छन्। राज्य र स्थानीय प्रशासनले दमनकारी शैली अपनाएको आरोप उनीहरूको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूले सुकुमबासीमाथिको यस्तो कारबाहीलाई ‘संस्थागत अन्याय’ भन्दै तत्काल रोक्न माग गरेका छन्। साथै, आफ्नो जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

अधिकारकर्मीहरूले भूमिहीन तथा सुकुमबासीहरूको संवैधानिक अधिकार सुनिश्चित गर्न र स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै न्यायको माग गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?