National life

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा एनआईएमबीका सीईओ पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
1.6kShares
स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा एनआईएमबीका सीईओ पक्राउ
ncell

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई काठमाडौं ल्याइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भएको आरोप लागेको छ ।

ललितपुरको मानभवन बसोबास गर्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
















यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?