National life

स्वरोजगार लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने,१९ हजार ५७७ जनाले मात्र सेयर हात पार्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
606Shares
स्वरोजगार लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने,१९ हजार ५७७ जनाले मात्र सेयर हात पार्ने
ncell

काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ चैत १ गते बाँडफाँट गरिने भएको छ ।  शुक्रवार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौँमा एफपीओ बाँडफाँट गर्ने तयारी भएको एनएमबि क्यापिटलले जनाएको छ ।

यस कम्पनीको एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ गोला प्रथाबाट एफपीओ बाँडफाँट हुनेछ। यस कारण स्वरोजगारको एफपीओ हात पार्न भाग्यकै भर पर्नुपर्ने भएको छ ।

यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली हुनेछ।

कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

यस अघिको न्युजको शिर्षकमा १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्ने हुनु पर्नेमा अन्यथा हुन गएकोमा क्षमापार्थी छौ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?