National life

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, कति जनालाई पर्‍यो त आईपीओ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
466Shares
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, कति जनालाई पर्‍यो त आईपीओ ?
ncell

काठमाडौँ । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।

आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको थियो। यस आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेकोमा ४ जनाको आवेदन रद्द भएको छ।

Royal Enfield
nic asia capital
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड भएको छ। जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।

कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई असार २७ गतेदेखि साउन ९ गतेसम्म शेयर निष्काशन गरेको थियो। कम्पनीले उनीहरुलाई २३ हजार १ सय कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।

नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। मधेश प्रदेश कार्य क्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?