National life

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदनको ओइरो, मागभन्दा १०० गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ भदौ २०८२, आइतबार
1.3kShares
स्वस्तिक लघुवित्तको आईपीओमा आवेदनको ओइरो, मागभन्दा १०० गुणा बढी आवेदन
ncell

काठमाडौँ । स्वस्तिक लघुवित्तले निष्काशन गरेको आईपीओमा दुई कार्य दिनमै मागभन्दा १०० गुणा बढीको आवेदन परेको छ।  भदौ १ गते साँझसम्ममा कम्पनीको उक्त आईपीओमा १७ लाख ५ हजार ९ सय ९५ जना आवेदकबाट २ करोड ७२ हजार ५ सय १० कित्ताको लागि आवेदन परेको छ। यो माग गरिएको भन्दा १०२.८३ गुणा बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको हो। यस निष्काशनमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्यूनतम १० कित्ताको लागि दिनु पर्ने छ। यो आईपीओ १९ हजार ५ सय १९ जनालाई मात्र पर्ने छ ।

कम्पनीले यस अघि नै पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। शेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?