National life

स्वास्थ्य बिमा बोर्ड अध्यक्षमा चन्द्रबहादुर थापा चयन, मन्त्री पौडेलले गराए शपथग्रहण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
704Shares
स्वास्थ्य बिमा बोर्ड अध्यक्षमा चन्द्रबहादुर थापा चयन, मन्त्री पौडेलले गराए शपथग्रहण
ncell

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले (आज) मङ्गलवार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताएका छन्। ‘तपाईँको नेतृत्वमा स्वास्थ्य बिमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,’ मन्त्री पौडेलले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री पौडेलले स्वास्थ्य बिमाको सुधार र स्वास्थ्य बिमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?