National life

स्वास्थ्य बीमा सुधार गर्ने कांग्रेसको घोषणा, विपन्न तथा श्रमिक वर्गले प्रिमियम तिर्न नपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ फागुन २०८२, शुक्रबार
976Shares
स्वास्थ्य बीमा सुधार गर्ने कांग्रेसको घोषणा, विपन्न तथा श्रमिक वर्गले प्रिमियम तिर्न नपर्ने
ncell

काठमाडौँ । आगामी पाँच वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्यसहित नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। दलले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा कार्यान्वयन गर्ने योजना अघि सारेको छ।

घोषणापत्रमा स्वास्थ्य बीमालाई नागरिकको आधारभूत अधिकार र राज्यको दायित्वका रूपमा परिभाषित गरिएको छ। प्रस्तावित योजनाअनुसार प्रत्येक नेपाली बीमा योजनामा समेटिनेछन् र अत्यन्तै विपन्न तथा श्रमिक वर्गको हकमा प्रिमियम खर्च सरकारले बेहोर्ने नीति उल्लेख गरिएको छ।

Royal Enfield
nic asia capital

बीमा कार्यक्रममा समेटिएपछि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने र आवश्यक उपचार सेवा सरकारीसँगै निजी अस्पतालबाट पनि लिन सकिने व्यवस्था मिलाइने जनाइएको छ।

पार्टीले ‘एकद्वार नीति’मार्फत विभिन्न सामाजिक स्वास्थ्य सुरक्षा योजना र सहुलियतलाई एकीकृत गर्दै बीमा प्रणालीलाई व्यवस्थित गर्ने योजना प्रस्तुत गरेको छ। साथै चकलेट, गुलिया पेय पदार्थ, मदिरा तथा सुर्तीजन्य वस्तुमा लाग्ने करबाट स्वास्थ्य बीमा कोषमा थप गर्ने प्रस्ताव पनि राखिएको छ।

स्वास्थ्य बीमा बोर्डको संरचना र कार्यप्रणाली सुदृढ गर्दै स्वचालित दाबी प्रक्रिया, जालसाजी नियन्त्रण प्रणाली तथा ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
976SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?