National life
cg eloctronics

सेयर बजारमा ५ अर्ब ४४ करोडको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०८ असोज २०८३, बिहिबार
4.9kShares
सेयर बजारमा ५ अर्ब ४४ करोडको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
muktinatha bikash bank

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.७७ अंकले उकालो लाग्दै २६२९.८१ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

बजारमा आज कुल १ करोड ७२ लाख ७० हजार कित्ता सेयर खरिद–बिक्री भएका छन्। उक्त कारोबारबाट कुल ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

everest bank

बिहीबार नेपाल ल्यूब आयलको सेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। त्यस्तै सोनापुर मिनरल्सको ७.६५ प्रतिशत, कुमारी सबल योजनाको ७.५६ प्रतिशत, घोराही सिमेन्टको ७.०७ प्रतिशत र सीवाईसी लघुवित्तको सेयर मूल्य ६.४७ प्रतिशतले बढेको छ।

त्यसैगरि, शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

हिमालयन डेष्टिलरीको ३५ करोड १६ लाख, सानिमा मिडल तमोरको २४ करोड ३५ लाख, रिलायन्स स्पिनिङ मिल्स्को २२ करोड १४ लाख, सोनापुर मिनिरल्सको १८ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा बजारमा खरिद चाप बढेसँगै नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
4.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?