National life

स्वास्थ बीमा कार्यक्रममा २१ लाख परिवारका ६८ लाख बीमित समेटिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
607Shares
स्वास्थ बीमा कार्यक्रममा २१ लाख परिवारका ६८ लाख बीमित समेटिए
ncell

काठमाडाैं । योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रममा २१ लाख १० हजार परिवार संलग्न भएका छन् । सुरुवाती चरण २०७२ सालमा १० हजार परिवार संलग्न रहेका थिए ।

हाल २१ लाख १० हजार परिवारका गरि ६८ लाख २५ हजार जना स्वास्थ्य बिमा कार्यक्रममा संलग्न रहेको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता शम्भु प्रसाद ज्ञवालीले बताए । उक्त कार्यक्रममा ५१ वटा निजी र ४१५ सरकारी गरी कुल ४६६ स्वास्थ्य संस्थाहरु आवद्ध रही सेवा दिइरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चेतनामुलक कार्यक्रम मार्फत समुदायका समूहहरुलाई सक्रिय सहभागीता गराउँदै तथा गरिव तथा न्यून आए भएका वर्गलाई विशेष संरक्षण गर्दै, सार्वजनिक तथा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै स्वास्थ्य बीमा नीतिलाई क्रमशःविस्तार गरी देशव्यापी रुपमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने लक्ष्यका साथ सुचारु गरिएको उक्त कार्यक्रमको प्रभावकारीता उत्साहजनक रहेको प्रवक्ता ज्ञवालीको भनाई छ । गत आर्थिक बर्ष सम्ममा कुल जनसंख्याको ३३ प्रतिशत परिवारले स्वास्थ्यबीमा गरेको बताउदै उनले यो आर्थिक बर्षमा ५० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताए ।

के हो स्वास्थ्यबीमा ?

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा कसरी आवद्ध हुने ?

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँचजना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्र्ने छ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखामुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि ५ जनाको परिवारले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका एक लाख बराबरको उपचार प्राप्तगर्न सक्नेछन् । भने अतिरिक्त सदस्य रहेको हकमा २० हजारका दरले बढ्दै जान्छ । त्यस्तै, सरकारले तोकेको १ हजार १ सय आठ किसिमको औषधी निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमाभने यो सेवा पाउने छैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?