National life

हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित सानिमा जिआईसीको साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
691Shares
हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित सानिमा जिआईसीको साधारण सभा सम्पन्न
ncell

काठमाडौं । मर्जर प्रकृयामा समावेश भएको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गरेको हो।

सानिमा जिआईसी इन्स्योरेन्सको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित भएको छ।

त्यस्तै,सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको प्रस्ताव पारित गर्दै स्वतन्त्र संचालकको नियुक्ति अनुमोदनको कार्य सम्पन्न गरेको छ ।

कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी रु २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने, कम्पनी ऐनको दफा १०५ को उपदफा १ ग बमोजिम आर्थिक वर्ष २०७९।०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।

सोही सभाबाट संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्ने, सामान्य र विशेष प्रस्ताव स्वीकृतीको अख्तियारी संचालक समितिलाई प्रदान गर्दै अन्य प्रस्तावहरु समेत पास गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?