काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार एक जना पुरुष मृत फेला परेका हुन् । जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन ।
ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो ।
यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।


































