National life

हाथवे इन्भेष्टमेन्टको नाफामा सुधार, कुल आम्दानीमा ६५ .५४ प्रतिशतले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
657Shares
हाथवे इन्भेष्टमेन्टको नाफामा सुधार, कुल आम्दानीमा ६५ .५४ प्रतिशतले वृद्धि
ncell

काठमाडौँ। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफामा सुधार आएको छ । गत आवको दोस्रो त्रैमाससम्म घाटामा रहेको कम्पनीको आम्दानी बढ्दा र खर्च घट्दा कम्पनीले नाफा आर्जन गरेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५९ लाख ८२ हजार रुपैयाँ घाटामा रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ६१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.५४ प्रतिशतले बढी हो। कम्पनीको कुल खर्च घटेको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ३ करोड ६७ लाख रुपैयाँमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७३.१५ र मूल्य आम्दानी अनुपात १२७१.२२ गुणा कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?