National life

हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ अर्को साता बाँडफाँड हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
514Shares
हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ अर्को साता बाँडफाँड हुने
ncell

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीआ अर्को साता बाँडफाँड हुने भएको छ । सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा नै बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ अर्को साता बाँडफाँड हुने भएको हाे ।

कम्पनीको आईपीओमा १२ लाख भन्दा बढीको हात खाली हुने भएको छ । कम्पनीको आईपीओमा माग भन्दा १२.८७ गुणा बढी आवेदन परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आईपीओमा ३ करोड १२ लाख ५६ हजार ९२० भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख २१ हजार ३८७ जनाले २०/२० कित्ता दरले आइपीओ प्राप्त गर्नछन् । सोहि मध्यका पाँच जनाले भने २१ कित्ता सेयर हात पार्नेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?