National life
cg eloctronics

‘हालको अवस्था विगतका सबै ऊर्जा संकटहरूभन्दा गम्भीर देखिन्छ।’ : अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ वैशाख २०८३, बुधबार
1.3kShares
‘हालको अवस्था विगतका सबै ऊर्जा संकटहरूभन्दा गम्भीर देखिन्छ।’ : अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी
muktinatha bikash bank

काठमाडौँ। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धले विश्वव्यापी उर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए)का प्रमुख फातिह बिरोलले यस अवस्थालाई ‘इतिहासकै सबैभन्दा ठूलो ऊर्जा संकट’ भनेर वर्णन गरेका छन्।

फ्रान्स इन्टर रेडियोलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हालको अवस्था विगतका सबै ऊर्जा संकटहरूभन्दा गम्भीर देखिन्छ।’ युद्धपछि स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल र ग्यास ढुवानी लगभग ठप्प भएको छ। युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति यही समुद्री मार्गमार्फत हुने गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

युद्धका क्रममा खाडी क्षेत्रका विभिन्न देशहरूका ऊर्जा पूर्वाधारहरू पनि आक्रमणको निशानामा परेका छन्। क्षतिग्रस्त संयन्त्रहरूको पूर्ण मर्मतमा केही महिना देखि वर्षौंसम्म लाग्न सक्ने अनुमान गरिएको छ, जसले दीर्घकालीन आपूर्ति संकटको सम्भावना बढाएको छ।

बिरोलले यसअघि पनि सन् १९७३ को अरब–इजरायल युद्ध, १९७९ को ईरानी इस्लामिक क्रान्ति तथा २०२२ को रुस–युक्रेन युद्धपछिका ऊर्जा संकटहरूभन्दा हालको अवस्था अझ गम्भीर भएको बताएका थिए।

everest bank

तेलको मूल्यमा आएको तीव्र वृद्धिलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वव्यापी रणनीतिक भण्डारबाट अभूतपूर्व रूपमा ४० करोड ब्यारेल तेल बजारमा छोडेको जनाएको छ। पेरिसमा मुख्यालय रहेको आईइएले ३१ सदस्य राष्ट्रहरू तथा अन्य साझेदार देशहरूलाई ऊर्जा बजारसम्बन्धी तथ्यांक, विश्लेषण र नीतिगत सल्लाह प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?