National life

हिमालयन रि इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि ,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
1.3kShares
हिमालयन रि इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि ,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशत बढेको छ भने कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ।

१० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा २ रुपैयाँ ८२ पैसा बढेर १२ रुपैयाँ ५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?