National life

हिमालयन लाइफको अधिकांश सूचकमा वृद्धि,जीवन बीमाकोषमा ७३ अर्ब ७७ करोड रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
691Shares
हिमालयन लाइफको अधिकांश सूचकमा वृद्धि,जीवन बीमाकोषमा ७३ अर्ब ७७ करोड रुपैयाँ
ncell

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३.८८ प्रतिशतले बढेर ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १०.६८ प्रतिशतले बढेर १८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड रुपैयाँ र जगेडा कोषमा करीब १ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने ६.८९ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?