National life

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्बभन्दा बढी, कुल बीमाशुल्क आर्जन ६.१८% ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.5kShares
हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्बभन्दा बढी, कुल बीमाशुल्क आर्जन ६.१८% ले वृद्धि
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार कम्पनीले चालु वर्षको पहिलो ९ महिनामा २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको ४७ करोड २४ लाख रुपैयाँको तुलनामा करिब ४४.६६ प्रतिशतले कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको महाविपत्ति कोष ४६ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ ९९ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। यद्यपि, अन्य इक्विटी भने १ अर्ब ४२ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

बीमा व्यवसायतर्फ भने कम्पनीको प्रदर्शन सकारात्मक देखिएको छ। समीक्षा अवधिसम्म जीवन बीमा कोष १६.७१ प्रतिशतले बढ्दै ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, कुल बीमाशुल्क आर्जन ६.१८ प्रतिशतले बढेर १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क पनि सोही दरले वृद्धि भई १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ कायम भएको छ।

९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८१ रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ६.८९ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १००.४५ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?