National life

हिमालयन लाइफको खुद नाफा ४२ प्रतिशतले वृद्धि,जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड संचित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
855Shares
हिमालयन लाइफको खुद नाफा ४२ प्रतिशतले वृद्धि,जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड संचित
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यस अबधिमा कम्पनीको खुद नाफा ४२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीले ४० करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष २३ दशमलव २७ प्रतिशतले वृद्धि भएर जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड रुपैयाँ संचित भएको छ। अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४२ अर्ब २८ करोड रुपैयाँ थियो ।

त्यस्तै जगेडा कोष ५१ दशमलव ६६ प्रतिशतले घट्दै १ अर्ब ६ करोड संचित भएको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन भने ४ दशमलव ४६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्षमा ५ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ५ अर्ब ४५ करोड रुपैयाँमात्रै खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको खुद दाबी भुक्तानी गत आर्थिक बर्षको तुलनामा ५ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड रुपैयाँको पुगेको छ। यस अबधिमा कम्पनीको चुक्ता पूँजी चार प्रतिशतले बढेर ८ अर्ब २ करोड पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?