काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको माघ ४ गते बसेको ३४ औं बैठकले सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ। यस्तै बैठकले उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम शेयर धनी आफैले तिर्नुपर्ने निर्णय समेत गरेको छ।
उक्त, प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने भएको छ ।

































