National life
cg eloctronics

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि, अन्य सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
773Shares
हिमालयन लाइफ इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि, अन्य सूचकमा देखियो प्रगति
muktinatha bikash bank

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१३ प्रतिशत नाफा कमाएको छ।  । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा  गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ८.७३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३४ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

everest bank

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आमदानी ११.२५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ७.४९ प्रतिशत बढेको छ भने कुल खर्च २.५८ प्रतिशत घटेको छ। गत आवको दोस्रो त्रैमाससम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालू आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीले दोस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ। नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आमदानी ८ रुपैयाँ ६३ पैसा रहेकोमा चालू आवमा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?