काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१३ प्रतिशत नाफा कमाएको छ। ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ८.७३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३४ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ करोड ६२ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आमदानी ११.२५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ७.४९ प्रतिशत बढेको छ भने कुल खर्च २.५८ प्रतिशत घटेको छ। गत आवको दोस्रो त्रैमाससम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालू आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीले दोस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ। नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आमदानी ८ रुपैयाँ ६३ पैसा रहेकोमा चालू आवमा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ।


































