काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
व्यापारीलाई धम्क्याएको आरोपमा हिरासतमा रहेका प्रसाइलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई आज अदालतमा झिकाउन आदेश दिएको थियो ।
दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय डा.
नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासले प्रसाईलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।


































