National life

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ, साथमा भेटियो १४ लाख रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
474Shares
हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ, साथमा भेटियो १४ लाख रुपैयाँ
ncell

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले दुई जनालाई हुण्डी कारोबारको आरोपमा पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जको घुसुकपुरका ३९ वर्षीय संजय साह र बाराका ४१ वर्षीय शनि कुमार ठाकुरलार्य पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट १४ लाख १३ हजार ५ सय रुपैयाँ बरामद गरेको हो ।

बिहीबार दिउँसो वीरगञ्जबाट बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Royal Enfield
nic asia capital

स्रोत खुल्न नसकेको उक्त रकम उनीहरुले हुण्डी कारोबारको रुपमा प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?