National life

हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड बढी रकमसहित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०२ चैत २०८२, सोमबार
1KShares
हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड बढी रकमसहित पक्राउ
ncell

काठमाडौं । हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नगदसहित नियन्त्रणमा लिएको छ। उनीहरूबाट करिब १ करोड १६ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न बैंकका अलग–अलग व्यक्तिको नाममा रहेका ३ वटा चेकबुक, अन्य व्यक्तिको नाममा जारी गरिएको २७ लाख ३० हजार रुपैयाँ बराबरका ३ वटा चेक तथा विभिन्न बैंकका ४ वटा एटीएम कार्ड फेला परेको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, उनीहरूसँगबाट एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे र एक वटा दुईपाङ्ग्रे सवारी साधन, एक सवारी दर्ता किताब तथा विभिन्न कम्पनीका ६ वटा मोबाइल फोन पनि बरामद गरिएको छ।

यसका अतिरिक्त ३१ वटा एनसेल र एनटीसीका सिमकार्ड, एक कम्प्युटर र क्रिप्टो प्लेटफर्ममा रहेको ७ हजार १७५.३४ यूएसडीटी समेत फेला परेको प्रहरीको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?