National life

होलीको नाममा भड्किला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
790Shares
होलीको नाममा भड्किला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह
ncell

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको नाममा भड्किला कार्यक्रम नगर्न सूचित गरेको छ । कार्यालयले कसैको इच्छा विपरीत रंग दल्ने, पानी वा लोला हान्ने काम नगर्न पनि अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र भाइचारा कायम गर्दै होली मनाउन अनुरोध गरेका छन् ।

‘विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिलारभड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ,’ कानुनी व्यवस्था सम्झाउँदै प्रवक्ता पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी कसैको इच्छा विपरीत पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने,

रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्नरनगराउन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन काठमाडौं प्रशासनले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?