National life

१०० किलो सुन प्रकरण : एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक अवरुद्ध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
740Shares
१०० किलो सुन प्रकरण : एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक अवरुद्ध
ncell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच बुधार बसेको प्रतिनिधि सभाको बैठक स्थगित हुन पुगेको छ । नेकपा एमालेले १०० किलो सुन तस्करी प्रकरणलाई उचाल्दै बुधबारको संसद बैठक अवरुद्ध गरेको हो ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको एमालेले गृहमन्त्री र अर्थमन्त्रीको समेत छानविन गर्न माग गरेको छ । सुन तस्करीलाई सरकारले नै सहयोग गरिरहेको आरोप लगाउँदै एमालेले गृहमन्त्री, अर्थमन्त्री लगायतमाथि छानविन गर्न माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले बेल घेराउ गर्दै सुन तस्करलाई कारवाही गर, उच्चस्तरीय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका थिए। एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको सुन तस्करसँग १९५ पटक फोन सम्वाद भएको भन्दै सरकारले अनुसन्धान नगरी संरक्षण गरेको आरोप लगाएका थिए ।

१० दिनअधि राजस्वका महानिर्देशकलाई तस्करीको सुन आउँदै गरेको सूचना आएको बताउँदै प्रमुख सचेतक गिरीले भने ‘राजस्वका डिजीलाई १० दिनअघि नै सूचना आउँछ भने प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो थिएन ?' प्रश्न गरे ।

अर्थ र गृहमन्त्रालयका कर्मचारीको मात्र सेटिङले यत्रो क्विन्टलका क्विन्टल यसरी सुन तस्करी नभएको जिकिर गर्दै उनले उच्चस्तरिय छानविन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन पर्ने उनले बताए ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नगरी संसद अघि बढाउन नदिने चेतावनी दिँदै संसदको बेल घेराउन गर्न पुुगेका थिए । यसलगत्तै रुलिङ गर्दै सभामुख देवराज घिमिरेले बुधबारको सम्पूर्ण कार्यसूचिहरु स्थगन गर्दै साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?