National life

१० बैंकको इपीएस १० रुपैयाँ माथि: एभरेस्टको सबैभन्दा धेरै , ४ बैंकको ऋणात्मक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
591Shares
१० बैंकको इपीएस १० रुपैयाँ माथि: एभरेस्टको सबैभन्दा धेरै , ४ बैंकको ऋणात्मक
ncell

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १० बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा माथि छ। त्यसमध्येमा ,सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (इपीएस) एभरेस्ट बैंकको देखिएको छ। बैंकको इपीएस १९.८८ रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, विकास बैंकमध्ये गरिमा विकास बैंकको इपीएस सबैभन्दा धेरै १२.०३ रुपैयाँ छ । यता,फाइनान्सहरूमध्ये सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको १०.६२ रुपैयाँ इपीएस कायम भएको छ ।

राष्ट्रबैंकको तथ्यांक अनुसार २० वटा बैंकले माघसम्म ३६ अर्ब ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। राष्ट्र बैंकका अनुसार अनुसार सबैभन्दा धेरै नबिल बैंकले ४ अर्ब १ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी भने १४.८२ रुपैयाँ छ ।

केन्द्रीय बैंकले जारी गरेको तथ्यांक अनुसार विकास बैंकतर्फ गरिमाले सबैभन्दाधेरै नाफा कमाएको छ । उक्त बैंकले ७ महिनामा ६८ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जम्मा २ वटा विकास बैंकको इपीएस १० रुपैयाँ भन्दा धेरै छ। ४ वटाको ऋणात्मक देखिएको छ।

त्यस्तै, सूचीकृत १५ मध्ये ८ वटा फाइनान्स कम्पनी मात्र नाफामा छन्। जसमध्ये, सबैभन्दा धेरै नाफा कमाउने आइसीएफसी फाइनान्स देखिएको छ । यसले १२ करोड ५१ लाख नाफा कमाएको छ । भने प्रतिसेयर आम्दानी १०.६२ रुपैयाँ छ ।

माघ महिनासम्मको तथ्यांक अनुसार समग्रमा वाणिज्य बैंक र विकास बैंक समूहमा नाफामा गएका छन् भने फाइनान्स समूह औसतमा घाटामा रहेको छ।

यसैगरी, प्रतिसेयर आम्दानी पनि फाइनान्स समूहकै धेरै घटेको देखिन्छ । नाफासँगै इपीएसमा पनि गिरावट आएको हो । लामो समयको आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको वित्तीय रिपोर्टहरू प्रभावित हुँदै आएका छन् ।

                                                                                                              इपीएस बाहेक

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?