National life

१० महिनाको अवधिमा विदेश पढ्न जानेले साटे १ खर्ब बढी नेपाली रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
751Shares
१० महिनाको अवधिमा विदेश पढ्न जानेले साटे १ खर्ब बढी नेपाली रुपैयाँ
ncell

काठमाडौं । वैदेशिक अध्ययनमा जानेहरुले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब नेपाली रुपैयाँभन्दा बढी विदेशी मुद्रा सटही गरेका छन् ।

वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च रकमसँगै भ्रमण व्यय गत वर्षको तलुनामा ४४ अर्बभन्दा धेरैले वृद्धि हुँदा पनि खुद सेवा आय घाटा घटेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकसँग सूचना प्रविधि निर्यात मार्फत हुने आयको यकिन तथ्यांक नभएपनि सूचना प्रविधि निर्यातमा भएको वृद्धिदर पर्यटन आय उल्लेख्य रुपमा वृद्धि हुँदा खुद सेवा आया घटेको हो ।

सेवा खाता अन्तर्गत चालु आवको वैशाखसम्म भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो।

यस अवधिमा शिक्षा क्षेत्रमा भएको खर्चमा उच्च वृद्धि हुँदा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९।५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय मात्रै १ खर्ब ४ अर्ब २५ करोड पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?