National life

१० महिनामा स्मार्टफोन आयात ३६.७ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१२ जेठ २०८३, मङ्गलबार
1.3kShares
१० महिनामा स्मार्टफोन आयात ३६.७ प्रतिशतले बढ्यो
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा स्मार्टफोन आयात मूल्यका आधारमा ३६.७ प्रतिशतले वृद्धि भएको छ। महँगा ह्यान्डसेटप्रति बढ्दो उपभोक्ता आकर्षण र अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जानुले आयात मूल्यमा उल्लेख्य वृद्धि भएको हो।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म नेपालले ३९ अर्ब ३९ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात २८ अर्ब ७६ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कुल १८ लाख ६३ हजार ८६९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिमा आयात भएका १७ लाख ८५ हजार ६५४ थानको तुलनामा ४.३८ प्रतिशतले बढी हो।

परिमाणको तुलनामा आयात मूल्य धेरै बढेकाले उपभोक्ताहरू महँगा स्मार्टफोनतर्फ आकर्षित भइरहेको देखिएको छ। साथै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यनले पनि आयात खर्च बढाएको छ।

यस अवधिमा सरकारले स्मार्टफोन आयातबाट सात अर्ब ३४ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामै आयात मूल्य अघिल्लो आर्थिक वर्षभरि भएको कुल स्मार्टफोन आयातभन्दा बढी पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको थियो भने कुल २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन भित्रिएका थिए।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड रुपैयाँ, २०७९/८० मा २४ अर्ब ३९ करोड रुपैयाँ र २०७८/७९ मा २८ अर्ब २६ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै स्मार्टफोन आयातबाट संकलित सात अर्ब ३४ करोड रुपैयाँ राजस्व अघिल्लो आर्थिक वर्षभरि उठेको ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी हो।

आर्थिक वर्ष २०८०/८१ मा यस्तो राजस्व पाँच अर्ब ३३ करोड रुपैयाँ र २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ थियो। २०७८/७९ मा सरकारले स्मार्टफोन आयातबाट पाँच अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

समीक्षा अवधिमा पनि चीन नेपालको स्मार्टफोन बजारमा प्रमुख आपूर्तिकर्ताका रूपमा कायम रहेको छ। कुल आयातमध्ये १५ लाख ६२ हजार ५७० थान स्मार्टफोन चीनबाट आयात भएका छन्।

चिनियाँ ब्रान्डहरू जस्तै- साओमी, रेड्मी, ओप्पो, रियलमी, टेक्नो र वानप्लस नेपाली बजारमा अझै बलियो उपस्थितिमा रहेका छन्।

त्यसैगरी समीक्षा अवधिमा भारतबाट दुई लाख ९२ हजार आठ सय ७७ थान स्मार्टफोन आयात भएका छन् भने अन्य देशहरूबाट हुने आयात नगण्य रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?