National life

१० महिनामा ४१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
1.5kShares
१० महिनामा ४१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन
ncell

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व स‌ंकलन गरेको छ। कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व उठाएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘गत आवको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व स‌कलन भएको थियो’, उनले भने, ‘गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा २।८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ।’

साउनमातीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व उठाएको कार्यालयले जनाएको छ। यस्तै मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड र वैशाखमाचार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको बरुवालले बताए।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?