National life

११ महिनामा सेयर कर्जा ४३ प्रतिशतले बढ्यो, किन चुलियो लगानी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असार २०८२, बुधबार
571Shares
११ महिनामा सेयर कर्जा ४३ प्रतिशतले बढ्यो, किन चुलियो लगानी ?
ncell

काठमाडौं । पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा (मार्जिन लोन) करिब ४३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको असार मसान्तको तुलनामा सेयर कर्जा ४२.८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि ३८ अर्ब ५७ करोड रुपैयाँको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको अन्त्यसम्म सेयर कर्जाको कुल रकम ९० अर्ब ९ करोड रुपैयाँ थियो। तर, यस वर्षको जेठसम्म आइपुग्दा कर्जा उल्लेख्य रूपमा बढेको देखिएको छ।

विश्लेषकहरूका अनुसार सेयर कर्जा वृद्धि हुने केही प्रमुख कारणहरूमा बैंकमा तरलता पर्याप्त हुनु, ब्याजदर घट्दो हुनु, अन्य क्षेत्रको लगानीमा खासै सुधार नआउनु, र सेयर बजार अझै उच्च विन्दुबाट तल झरेको अवस्था रहेको बताइएको छ। यसले गर्दा लगानीकर्ताहरु पुनः सेयरतर्फ आकर्षित भएका छन्।

यसबाहेक, चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि सेयर कर्जाको वृद्धिमा भूमिका खेलेको छ। राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि तय गरिएको २० करोड रुपैयाँको सीमा हटाएको छ । जसका कारण ठूला लगानीकर्ताले खुला रूपमा सेयर कर्जा लिन थालेका छन्। यद्यपि, व्यक्तिगत लगानीकर्ताको लागि १५ करोडको सीमा भने यथावत नै राखिएको छ । यसलाई हटाउनुपर्ने माग उनीहरूले राख्दै आएका छन्।

यसैबीच, जेठसम्मको तथ्यांकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) र विपन्न वर्गको कर्जा वृद्धिदर ऋणात्मक रहेको देखाउँछ । तर अन्य सबै शीर्षकमा कर्जाको मात्रा बढेको छ । जसमध्ये सेयर कर्जा, आवधिक कर्जा, आयात कर्जा, आवास कर्जा, हायर पर्चेज, क्यास क्रेडिट, रियल स्टेट, बिल्स खरिद लगायतका कर्जामा उल्लेख्य वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?