National life

१३ दिनमा एनिमलले कमायो ७ अर्ब ७२ करोड,बनायो नयाँ रेकर्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
504Shares
१३ दिनमा एनिमलले कमायो ७ अर्ब ७२ करोड,बनायो नयाँ रेकर्ड
ncell

एजेन्सी । फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले विश्वभर १४ करोड ६० लाख भारु कलेक्सन गरेको थियो । योसँगै गएको १३ दिनमा फिल्मको कूल कमाई ७ अर्ब ७२ करोड ३३ लाख भारु पुगेको छ ।

यो कमाइसँगै एनिमलले आमिर खानको पीके फिल्मलाई उछिनेर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब एनिमलको अगाडि आमिर खानकै सिक्रेट सुपरस्टार छ । यो फिल्मको वर्ल्डवाइड कलेक्सन ८ अर्ब ७५ करोड भारु छ ।

बुधवार एनिमलले भारतभरमा १० करोड रुपैयाँ कमाएको थियो । योसँगै फिल्मको डोमेस्टिक कलेक्सन ४ अर्ब ६७ करोड ८४ लाख भारुमा पुगेको छ । बुधवार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी १६ दशमलव ६० प्रतिशत थियो । अलटाइम डोमेस्टिक कलेक्सनमा एनिमल चौथो स्थानमा छ । लिस्टको तेस्रो स्थानमा सनी देओलको गदर–२ छ ।

यो फिल्मको अलटाइम डोमेस्टिक कलेक्सन ५ अर्ब २५ करोड ४५ लाख भारु छ । गदर–२ को रेकर्ड तोड्न अब एनिमलले घरेलु बक्स अफिसमा थप ५७ करोड ६१ लाख भारु कमाउनुपर्नेछ । फिल्म रिलिज भएको तेस्रो सप्ताहान्तमा एनिमलले राम्रो कमाई गर्ने आशा गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?