National life

१५ करोड ९८ लाख नाफा कमाएको एशियन लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
549Shares
१५ करोड ९८ लाख नाफा कमाएको एशियन लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।जुन अघिल्लो आवको १४ करोड ३४ लाख रुपैयाँको तुलनामा ११.४५ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

यो अघिल्लो आवको तुलनामा ९.६१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खसद बीमाुशल्क आर्जन ३ अर्ब २६ करोड रुपैयाँ थियो । त्यस्तै कम्पनीको कुल खर्च ५ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ४ अर्ब ९० करोड रुपैयाँ थियो । कम्पनीले ४ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।

यो रकम गत आवको तुलनामा ८.२३ प्रतिशतले बढी हो । कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीको महावित्तती कोषको आकार बढेर २१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५३ करोड ३३ लाखबाट घटेर ४४ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीले २८ अर्ब ५९ करोड रुपैयाँबराबरको दीर्घकालिन लगानी र ९ अर्ब ६८ करोड रुपैयाँबराबरको अल्पकालिन लगानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०।०२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२०.९३ रुपैयाँ र पीई अनुपात ६७. ८६ गुणा कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

१५ करोड ९८ लाख नाफा कमाएको एशियन लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी कति ? | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस