National life

१६औं योजना: बजेट क्यालेण्डर संशोधन गर्न राष्ट्रिय योजना आयोगले गर्यो प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
530Shares
१६औं योजना: बजेट क्यालेण्डर संशोधन गर्न राष्ट्रिय योजना आयोगले गर्यो प्रस्ताव
ncell

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट कार्यतालिका संशोधन गर्ने प्रस्ताव गरेको छ । आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वतयारी हालको भन्दा केही समय अगाडि सार्ने बताएका हुन् ।

सो कार्यतालिका अनुसार फागुनसम्ममा बजेटको राय सुझाव लिइसक्नुपर्नेछ। त्यसैगरी नीति तथा कार्यक्रम समेत हालको भन्दा एक हप्ता अगाडि सार्वजनिक गर्नुपर्नेछ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसबाहेक बजेट लेखनको काम पनि बजेट प्रस्तुत हुनुभन्दा एक महिना अगाडि नै गरिसक्नुपर्नेछ। त्यसबारे योजना आयोगका सदस्य रामकुमार फुँयालको नेतृत्वमा प्रतिवेदन नै तयार भएको छ।

यसैबीच योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको छ । गत मंसिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको आयोगले बजेट तयारी कार्यमा विभिन्न विषयलाई उच्च प्राथमिकतामा राख्न पनि भनेको छ ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना तथा कार्यक्रममा मात्र बजेट विनियोजन गर्नेगरी बजेट बनाउन आग्रह गरिएको बताए । यस्तै बजेट तयारीमा पर्याप्त गृहकार्य गरेर हरेक कार्यक्रमको लजिक सहित कार्यक्रम प्रस्ताव गर्ने, मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश नगर्ने गरी व्यवस्था मिलाउन पनि पत्राचार भएको जानकारी दिए ।

योजना आयोगले आगामी आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने समपूरक तथा विशेष अनुदानका आयोजना तथा कार्यक्रमहरुको प्रस्ताव आह्वान सम्बन्धी सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिसकेको पनि जनाएको छ। यसमा भूकम्प एवम् विपदबाट भएको क्षतिलाई संवोधन गर्ने तथा आय आर्जन रोजगारी उत्पादन र उत्पादकत्व अभिवृद्धिलाई प्राथमिकतामा राखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?