काठमाडौँ। नेपाली बजारमा आज शुक्रवारका दिन सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ठुलो परिणाममा वृद्धि भएको छ । आज सुनको मूल्य १.५२ प्रतिशत अर्थात् प्रतिऔंस ३६.२२ डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०९ डलरमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १.१८ प्रतिशत अर्थात् प्रतिऔंस ०.३६ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ३१.२२ डलरमा कारोबार भइरहेको छ ।


































