काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहँदा हालसम्म एक करोडभन्दा बढी मत गणना भइसकेको छ।
निर्वाचन आयोगका अनुसार आज बिहान ५ः५० बजेसम्म समानुपातिकतर्फ कुल १ करोड २ लाख ५३ हजार ३७७ मत गणना भएको छ। हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाले हालसम्म ४९ लाख २९ हजार ८५० मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार ८१६ मत प्राप्त गरेको छ। अन्य दलहरूमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७८६ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार २२ मत प्राप्त गरेको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार देशका विभिन्न मतगणना केन्द्रहरूमा मतगणना कार्य अझै जारी रहेकाले मत परिणाममा थप परिवर्तन हुन सक्नेछ। समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक हुन भने अझै केही समय लाग्ने अनुमान गरिएको छ।


































