काठमाडौँ । चालु आर्थिक वर्ष २०८१ को असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेका तथ्यांकअनुसार एक वर्षको अवधिमा १४ निर्जीवनले ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
यस अवधिसम्ममा पहिले झै शिखर इन्स्योरेन्स नै अग्र स्थानमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै कुल बीमाशुल्क आर्जनको आधारमा दोस्रो स्थानमा सगरमाथा रहेको छ। कम्पनीले यस अवधिसम्म ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
४ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन सहित तेस्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ। भने चौथौ स्थानमा हिमालयन एभरेष्ट रहेको छ। कम्पनीले यसअवधिसम्मा ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
































