National life

२२ लाखभन्दा बढी आवेदन परेको विजय लघुवित्त एफपिओमा बाँडफाँड कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०१ माघ २०८२, बिहिबार
1KShares
२२ लाखभन्दा बढी आवेदन परेको विजय लघुवित्त एफपिओमा बाँडफाँड कहिले ?
ncell

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को सेयर बाँडफाँड अर्को साता गर्ने तयारी भइरहेको छ। एफपिओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार हाल बाँडफाँडसम्बन्धी प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्कासन गरेको थियो। उक्त एफपिओमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एफपिओको आवेदन अवधि समाप्त हुँदासम्म कुल २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका थिए।

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार एफपिओमा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ताको माग परेको छ, जसको कुल आवेदन रकम २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबर रहेको छ। यो माग निष्कासन गरिएको सेयरभन्दा धेरै गुणा बढी भएको हो।

बाँडफाँड प्रक्रियाअनुसार ४६ हजार ७८१ जना आवेदकले न्यूनतम १०.१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। तीमध्ये भाग्यमानी ७ जनाले थप १.१ कित्ता पाउँदै कुल ११ कित्ता सेयर प्राप्त गर्नेछन्। बाँकी करिब साढे २२ लाख आवेदक भने सेयर प्राप्त गर्नबाट वञ्चित हुनेछन्।

उच्च आवेदन चापका कारण धेरै लगानीकर्ताको हात खाली रहने भए पनि एफपिओप्रति देखिएको आकर्षणले लघुवित्त क्षेत्रमा लगानीकर्ताको भरोसा र चासो बढ्दै गएको संकेत गरेको छ। एफपिओ बाँडफाँडपछि कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?